Print this Page Close this Page
Royal Orchid Treks & Expedition (P) Ltd.

Royal Orchid Treks & Expedition (P) Ltd.

G.P.O. Box No. 891, Arubari, Boudha, Kathmandu, NEPAL
Tel: +977-1-4914195 Fax: +977-1-4487691
E-mail: info@royaltreks.com Web: www.royaltreks.com

१६ बर्षे नेपाली किशोरी सगरमाथा शिखरमा

22 May 2012

१६ बषिर्य नेपाली किशोरी निमा छेम्जी शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् ।

गत मे १९ तारिखका अपरान्ह १२ बजेर १३ मिनेटमा उनीसहितको समूहले सगरमाथाको सफल आरोहण गरेको हो आरोहण ब्यबस्थापकमध्येका एक रोयल अर्किड एक्सपिडिसनका म्यानेजर छिरिङ शेर्पाले जानकारी दिए ।

अहिलेसम्म १६ जना नेपाली महिलाले सगरमाथाको सफल अरोहण गरेको भएपनि ती सवै २० बर्षभन्दा माथिका थिए । छेम्जीले आफु सवैभन्दा कम उमेरको महिला सगरमाथा आरोही भएको दावी गरेकी छिन् । यसअघि पुरुष आरोहीवीच कम उमेरको सगरमाथा आरोहणमा प्रतिस्पर्धा भएपनि महिलाहरु २० बर्ष माथिका मात्र रहेको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।

एसएलसी परिक्षा दिएर बिदाको समय सदुपयोग गर्दै पितासँगै छेम्जी सगरमाथा आरोहणमा गएकी थिइन् । सोलुखुम्बुको गुदेल गाविसकी शेर्पा काठमाण्डौंको बौद्धमा वस्दै आएकी छिन् । छिरिङले दिएको जानकारीअनुसार छेम्जीसहितको टोली अरोहण सकेर आधार शिविर फर्किइसकेको छ । उनीसँगै गएकी अर्की किशोरी श्रेयाको भने आरोहणका क्रममा मृत्यु भएको छ ।

सगरमाथा आरोहण गर्नुअघि उनले ६ हजार १ सय १९ मिटरको लोबुचे हिमाल आरोहण गरिसकेकी थिइन् । बिदेशी नागरिकहरु समेत संलग्न हाई एडभेन्चर एक्सपिडीसन २०१२ को टोलीमा टीम सर्पोटरका रुपमा उनी सगरमाथा आरोहणमा गएकी थिइन् ।