Trekking in Nepal

Royal Orchid Treks & Expedition (P) Ltd.

891, Arubari, Boudha, Kathmandu, NEPAL
English Japanese

Browse Trip By

  Please Wait...

Fix Packages

Browse Pacakge

General Info...

Travel News

Testimonials

Louis Armstrong - German
Oct 20 2011 Thursday

I see the fields of green & skies of blue and I think to myself "Oh what a wonderful world" ...

Travel Travel News [Archive]


Increase Text Size Decrease Text Size Print

कान्छी महिला आरोही बन्ने होडमा छेम्जी

8 Apr 2012
कान्छी महिला आरोही बन्ने होडमा सोह्र वर्षीया छेम्जी शेर्पा यसपटक सगरमाथा आधार शिविर पुग्ने भएकी छिन् । सोलुखुम्बु गुडेल गाविस सानम गाउकी छेम्जीले भर्खरै लुम्बिनी एकेडेमीबाट एसएलसी दिएकी छिन् । उनी राजधानीको बौद्धमा बस्दै आएकी छिन् ।

'सगरमाथा चढ्नु मेरो रहर हो,' उनले भनिन्, 'यसलाई पूरा गर्न जान लागेकी हुँ ।' हालसम्म १६ नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन् । आरोहण गर्नेहरू सबै २० वर्षभन्दा माथिका महिला मात्र भएको पर्यटन उद्योग महाशाखाले जनाएको छ । छेम्जीले आरोहण पूरा गरे उनी सगरमाथा चढ्ने सबैभन्दा कान्छी महिलाको रूपमा चिनिने छिन् ।

'उनको टोलीमा विदेशी आरोही बढी छन्,' महाशाखाका उपसचिव सुरेन्द्र सापकोटाले भने, 'आरोहण अनुमति दिने प्रक्रियामा छौं ।' सापकोटाका अनुसार पुरुषमा सबैभन्दा कम उमेरमा प्रतिस्पर्धा भइरहे पनि हालसम्म १६/१७ वर्षका महिलाले सगरमाथा चढ्न अनुमति लिएका छैनन् । सरकारले १६ वर्ष पुगेका नागरिकलाई सगरमाथा आरोहण गर्न खुला गरेको छ ।

बेलायत, अमेरिका, क्यानडा, स्लोभाकिया, स्विट्जरल्यान्डका विदेशी आरोही रहेको 'हाइ एडभेन्चर एक्सपिडिसन एभरेस्ट २०१२' को टोलीसँग उनी आगामी मे २ (वैशाख २०) मा आधारशिविर पुग्ने योजना छ ।

'आरोहणको रहर पूरा गर्नुका साथै महिलाको इच्छाशक्ति भए जे पनि गर्न सक्छन् भनेर प्रमाणित गर्न चाहन्छु,' छेम्जीले भनिन् ।

छेम्जी विदेशी आरोहीको टोलीमा 'टिम सर्पोटर' भएर जान लागेको व्यवस्थापकीय जिम्मेवारी निभाइरहेको रोयल अर्किड ट्रेक्स एन्ड एक्पिडिसनका छिरिङ शेर्पाले बताए । सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा २०११ को अक्टोबरमा छेम्जीले ६ हजार १ सय १९ मिटरको लोबुचे हिमाल आरोहण पूरा गरेकी छिन् । 'लोबुचे चढ्नुअगाडि समय मिल्नासाथ रक क्लाबिङ गर्ने गर्थेँ,' उनले भनिन्, 'आवश्यक तालिममा सहभागी हुन नपाए पनि अनौपचारिक ज्ञान भने लिएको छु ।'

उनका बुबा डेन्डी शेर्पा पनि यसै क्षेत्रमा भएको र एकपटक सगरमाथा आरोहण गरिसकेको भएकाले पनि छेम्जीलाई हिमाल आरोहण गर्न इच्छा जागेको बताइन् । 'उनको आरोहणका लागि लाग्ने खर्च अभिभावकले नै बेहोरेका छन्,' रोयल एक्सपिडिसनका छिरिङले भने 'शिखर चढ्न सक्ने सम्भावना देखेर उनको रहर पूरा गर्न विदेशी टोलीसँगै लान लागिएको हो ।'

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपल्ट सगरमाथा आरोहण गरेपछि धेरै दशक सर्वोच्च शिखर आरोहणमा पुरुषकै वर्चस्व थियो । जसलाई १९७५ मा जापानी नागरिक जुन्को ताबेईले तोडिन् । नेपाली प्रथम महिला आरोहीका रूपमा सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले चुचुरो चुमेपछि अन्यले उनको पाइला पछ्याएका हुन् ।

सबै नेपाली महिला मात्र भएको टोली 'मिलेनियम एभरेस्ट एक्सपिडिसन' सन् २००० मा सगरमाथा आरोहणका लागि पहिलो पल्ट हिँडेको थियो । त्यसपछि १० समावेशी महिलाको टोलीले सन् २००८ मा सर्वोच्च शिखर चढेका थिए । 'विदेशी टोलीमा सहायक भएर बीचबीचमा केही महिलाले सगरमाथा चढे,' सापकोटाले भने ।

शिला पाण्डे, ईकान्तिपुर

 

More Travel News